• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आशिर्वाद टावरमा आगलागी, १४ जनाको मृत्यु

    1.1K
    SHARES



    काठमाडौं । भारतको झारखण्डस्थित धनबादमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको ज्यान गरेको छ ।

    धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

    ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको भारतीय संचारमध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।

    आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने अझै खुल्न सकेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो।

    केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरे पनि आगलागीको खास कारण भने अझै खुल्न सकेको छैन ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ