• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    सुर्खेतबाट कालीकोटका लागि छुटेको बस दैलेखमा दुर्घटना, ७ जना घाइते

    1K
    SHARES


    दैलेख। सुर्खेतबाट कालीकोट जाँदै गरेको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखकाे पालेतडामा दुर्घटनामा परेको छ ।

    कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी पालेतडामा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले बताए ।

    घाइतेहरूकाे पालेतडाकाे निजी मेडिकलमा उपचार भइरहेको पनि साहाले बताएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेकाे छ ।

    विपरीत दिशाबाट आउँदै गरेकाे ट्रकलाई साइड दिन लाग्दा बस सडकबाट खसेकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट खसेर कर्णाली नदीकाे किनारमा अड्किएकाे हो ।

     

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया