• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डलाई एमालेबाट टुटाएर कांग्रेसतिर ल्याउन जोड गरिरहेका छौं : रामचन्द्र पौडेल

    830
    SHARES


    तनहुँ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले नेतृत्वको गठबन्धनबाट टुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसतिर ल्याउने कोसिस भइरहेको बताए ।

    शहीद सप्ताहको अवसरमा कांग्रेस तनहुँले मंगलबार दमौलीमा गरेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेता पौडेलले भने, ‘प्रचण्डलाई एमालेसँगको गठबन्धन टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ ।’ उनले अहिले कांग्रेसको मुख्य ध्यान राष्ट्रपति प्राप्ति भएको पनि बताए ।

    निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोजिने माओवादी केन्द्रको पनि निर्णय छ । तर, एमालेले सत्ता गठबन्धनभित्रको सहमतिअनुसार आफ्नो दलले राष्ट्रपतिको उम्मेदवार बनाउनुपाउनु पर्ने दाबी गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ