News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

एक सातादेखि गोरखा सिडिओ र सहायक सिडिओविहीन, कसरि हुँदैछ प्रशासनको काम ?

459
SHARES


गोरखा । गोरखामा यतिखेर प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारी दुवै छैनन् ।

१२ माघमा तत्कालिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य सरुवा भई कपिलवस्तु पुगेर कार्यभार सम्हालिसकेका छन् । तर गोरखामा नयाँ सिडिओ अझै आएका छैनन् ।

सिडिओ कसलाई पठाउने भन्ने निर्णय गृह मन्त्रालयले आजसम्म गर्न सकेको छैन । माघ ६ गते गृहले निकालेको सरुवा सूचीमा सिरहका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी गोरखा सरुवा भएको उल्लेख थियो ।

तर उनलाई गृहले मन्त्रालयमै तानेपछि गोरखामा नयाँ सिडिओ खटिएका छैनन् । अहिले शाखा अधिकृत गणेश भट्टराईले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल ११ माघमा पर्वतमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए । गोरखा सरुवा भएका पुष्कर राना पनि मंगलबारसम्म जिल्लामा हाजिर भएका छैनन् ।

एक सातासम्म जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी खाली रहनु अनौठो भएको भट्टराई बताउँछन् । उनी भन्छन्, ‘सरुवा भएपछि पुरानो जाने र नयाँ आउनेको ग्याप एक दिन भन्दा बढी हुन्थेन, तर अहिले पुरानो गएको ६ दिन भइसक्दा पनि नयाँ आउनुभएको छैन ।’

जिल्ला प्रशासन कार्यालयबाट हुने मुद्धाको फैसला र आर्थिक कारोकारको अधिकार सिडिओलाई मात्र रहने व्यवस्था रहेको छ । उनले भने, ‘कसैलाई भुक्तानी दिनुप¥यो, मुआब्जाको निर्धारण गर्नपर्‍यो र मुद्धा फैसला गर्नपर्‍यो भने सिडिओ नै चाहिन्छ, अहिले ती कामहरु प्रभावित छन् ।’ प्रशासनको अन्य काम भने नरोकिएको उनले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया