News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

माओवादी केन्द्रले ३ महिने अभियान संचालन गर्ने, सिंहदरबार धाउने नेताहरुलाई कारवाही

591
SHARES


काठमाडौं। नेकपा माओवादी केन्द्रले तीन महिने अभियान संचालन गर्दै छ । मंगलबारकाे स्थायी समिति बैठकले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने निर्णय गरेको हो ।

पार्टी महासचिव देव गुरुङले जनतासँग पार्टीलाई जोड्न तीन महिने अभियान संचालन गर्ने प्रस्ताव गरेको बताएका छन् । अभियानमा सबै केन्द्रीय सदस्य, जनवर्गीय संगठनका नेता र पार्टी सदस्यहरु सहभागी हुने भएका छन् ।

कार्यक्षेत्र छोडेर सिंहदरबार धाउने प्रवृति बढेको भन्दै माओवादी केन्द्रले नेताहरुलाई जनतातिर फर्काउन अभियान संचालन गर्न लागेको नेताहरुले बताए । अब सिंहदरबार, मन्त्रालय, नेताहरुका घर धाउनेहरुलाई जिम्मेवारीबाट हटाउने गरी अगाडि बढ्ने नेताहरुको भनाइ छ ।

पार्टीका अधिकांश नेताहरु काठमाडौं र सदरमुकाम मात्रै बस्दा संगठन बिग्रेको बैठकको निष्कर्ष छ । महासचिव गुरुङले संगठनिक कार्ययोजना बुधबार पदाधिकारी बैठकमा पेश गर्ने जनाइएको छ ।

नेताहरुको कार्यविभाजन गर्ने जिम्मा अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरुलाई दिइएको छ ।

माघ १२ बाट सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी अन्तिममा अध्यक्षलाई नै दिइएको छ ।

भोलि मध्यान्न १२ बजे पदाधिकारी बैठक बोलाइएको छ । पदाधिकारी बैठकमा अध्यक्ष र उपाध्यक्षहरुले कार्यविभाजनको प्रस्ताव ल्याउने र त्यसपछि बस्ने स्थायी समिति बैठकले त्यसलाई अनुमोदन गर्ने जनाइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया