• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रवि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिन मानेन, यस्तो छ कारण

    5.3K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

    खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

    नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

    लामिछानेले अमेरिकी नागरिक रहेका बेला नेपालको पुरानो नागरिकतालाई प्रयोग गरेर १२ जेठ २०७२ मा नेपाली पासपोर्ट लिएका थिए । सर्वोच्च अदालतको शुक्रबारको फैसलाअनुसार उनको त्यो नागरिकता २०७० मै खारेज भइसकेको थियो । त्यही कारण सर्वोच्चले उनको सांसद पद समेत खारेज गर्ने फैसला सुनाएको छ भने लामिछानेले पुन: नयाँ नागरिकता लिएका छन् ।

    जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल नियन्त्रणमा लिन र आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउन माग गरिएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया