• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृह मन्त्रालय नपाए सरकार बाट बाहिरिने रास्वपाको अडान

    691
    SHARES


    काठमाण्डाै। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान फेरि पनि दोहोर्‍याएकाे छ ।

    आज मङ्गलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय यसअघि नै आफ्नो पार्टीको भागमा परेकाले अब पनि आफूहरूले नै पाउनुपर्ने दाबीगरे ।

    रविले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले गृह मन्त्रालय नपाउने हो भने सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने चेतावनीसमेत दिएका एक नेताले बताए ।

    सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद पनि खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि गृह मन्त्रालय आफैँ राख्ने माओवादीको तयारी छ ।

    गृह मन्त्रालय नछाड्न प्रचण्डलाई पार्टीका नेताहरूले दबाब दिँदै आएका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार नै छाड्नेसम्मको चेतावनी दिएको हो ।

    आज बिहानको भेटमा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय लिँदा स्वार्थ बाँझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ