काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खालमा दुलो बनाएर फरार भएका ६ जनामध्ये १ जना पुन: पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेका छन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए । आरु ५ जानको भने खोजी भइरहेको धनुसा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया