काठमाडौं । पाकिस्तानीको पेशावरको एक मस्जिदमा भएको हमलामा परी मृत्यु हुनेको संख्या ६० पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय समयअनुसार सोमबार दिउँसो १ः३० बजेतिर हमला बम बि स्फोट गराइएको थियो । ज्यान गुमाउनेहरुमा सुरक्षाकर्मी धेरै रहेको बताइएको छ ।
एक सरकारी उच्च अधिकारीलाई लक्षित गरी हमला गरिएको बताइएपनि उनको अवस्थाबारे खुलाइएको छैन । उक्त घटनामा १५० भन्दा धेरै घाइते भएका छन् ।
मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला हमलाकारीले आत्मघाती बि स्फोट गराएको स्थानीय अधिकारीहरुले जनाएका छन् । हमलाकारी मस्जिदको पहिलो लहरमा उभिएका थिए ।
गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
मस्जिदको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् ।
प्रतिक्रिया