• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    मस्जिदमा भयानक विस्फोट, मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

    0.9K
    SHARES



    पाकिस्तान। पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ४७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको हो । अधिकारीहरूले अझै पनि केही मानिसहरू भग्नावशेषमा पुरिएको जनाएका छन् ।

    प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी निभाउनेहरुलाई लक्षित गरेर आतंकवादीहरुले डरको वातावरण सिर्जना गर्न खोजेको बताउने गरेका छन् । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा भने लिएको छैन । यद्यपि यसमा पाकिस्तान तालिबानको हात हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

    सो समूहले गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको घोषणा गरेको थियो । त्यसयता पाकिस्तानमा हिंसाका घटनाहरूमा वृद्धि भएको छ । गत डिसेम्बरमा उनीहरुले पाकिस्तानको उत्तर पश्चिममा रहेको एक प्रहरी कार्यालयमा आक्रमण गरेका थिए जसमा ३३ जना आतंकवादीको मृत्यु पनि भएको थियो ।

    यता पेसावरमा भएको घटनामा आक्रमणकारीले मस्जिदमा आत्मघाती विस्फोट गराएको जनाइएको छ। यद्यपि, यसको औपचारिक पुष्टि हुन भने सकेको छैन । पेसावर प्रहरी प्रमुख मोहमद इजाज खानले स्थानीय मिडियालाई विस्फोटको समयमा ३ सयदेखि ४ जना प्रहरी सो मस्जिदमा उपस्थित रहेका थिए । स्थानीय समयअनुसार दिउँसो साढे १ बजेतिर विस्फोट हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया