• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली

    कर्णाली प्रदेशका प्रहरी संरचना लुम्बिनी बाट कर्णालीमै सार्न पहल

    1.4K
    SHARES



    कर्णाली । लुम्बिनी प्रदेशबाट सञ्चालन गरिदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमै सार्न पहल गरिने भएको छ ।

    कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताएका हुन् ।

    नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने पनि बताए ।

    उनले सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, सङ्घीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गर्नुभएको थियो ।

    सुरक्षा अधिकारीका अनुसार कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

    अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर कर्णालीका नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न पनि निर्देशन दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ