काठमाडौँ। भारतीय व्यापारी गौतम अडानीले गएकाे पाँच दिनमा झन्डै ४१ खर्ब भारतीय रुपैयाँ गुमाउनुपरेको छ ।
अमेरिकी रिसर्च ऐजेन्सी हिन्डनबर्गको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको पाँच दिनमा अडानीले ५० बिलियन अमेरिकी डलर अर्थात् ४० खर्ब ८० अर्ब भारतीय रुपैयाँभन्दा धेरै सम्पत्ति गुमेका बीबीसीले जनाएको छ ।
अमेरिकाको हिन्डनबर्ग रिसर्चले कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे भन्ने शीर्षकमा गएको बुधवार एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।
हिन्डनबर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो धनी व्यक्तिको रूपमा रहेका अडानी समूहको स्थान नवौँ नम्बरमा झरेका छन् ।
फोर्ब्सकाे तथ्याङ्कअनुसार सन् २०२० पछि अडानीको सम्पत्ति एक्कासी बढेको थियो । हिन्डनबर्गले अडानी कम्पनीको शेयर मूल्य वास्तविकभन्दा ८५ प्रतिशत बढी भएको दाबी गरेको छ । अडानी ग्रुप आफैँले शेयर मूल्य बढाएको हिन्डनबर्गको आरोप रहेको छ ।
प्रतिक्रिया