• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    साउदीको गृह मन्त्रालयबाट भन्दै ‘फेक टेलिफोन कल’ आउन थालेपछि…

    858
    SHARES



    काठमाण्डौ। साउदीको गृह मन्त्रालयबाट भन्दै आउने ‘फेक टेलिफोन कल’ देखि सावधन हुन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

    विगत केही समयदेखि साउदी अरबका मोबाइल नम्बर प्रयोग गरी त्यहाँको गृहमन्त्रालयबाट भन्दै त्यहाँ कार्यरत नेपालीहरुलाई पनि त्यस्तो कल आउने क्रम बढेको छ ।

    उनीहरुले फोन गरेर बैंक खाता विवरण, इकामा नम्बर, अब्सेर अकाउन्टको पासवर्ड, पिन नम्बर जस्ता गोप्य एवं महत्वपूर्ण व्यक्तिगत विवरण माग्ने र दिन आनाकानी गरेमा कानुनी कारबाही गर्ने धम्की समेत दिने गरेका छन् ।

    त्यसरी मागेका विवरण ज-जसले दिए उनीहरुको बैंक खाताबाट सम्पूर्ण रकम चोरी भएको पाइएको दूतावासले जनाएको छ । यस्तो ठगी कार्यमा संलग्न व्यक्तिहरुले ह्वाट्सअप लगायत अन्य माध्यमबाट पनि प्रलोभनजन्य म्यासेजहरु पठाउने गरेका छन् ।

    साउदीको गृह मन्त्रालय तथा अन्य निकायले डाटा अपडेट गर्नुपर्यो व्यक्तिगत विवरण देउ भनेर फोन गर्दैनन् । यदि त्यस्तो कुनै विवरण अपडेट गुर्नपर्यो भने पनि सम्बन्धित मोबाइल एप तथा आधिकारिक च्यानलबाट गर्न दूतावासले आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ