काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको हो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरूको भेटवार्ता भएको हो । भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
यस्तै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पन्नी भेटवार्ता गरेकी छन् । सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन् ।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । उनका अनुसार देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद समेत दिएका थिए।
प्रतिक्रिया