• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अनेरास्ववियु महाधिवेशनको तयारीका लागि जनपरिचालन कमिटी गठन

    651
    SHARES


    काठमाडौँ। नेकपा (एमाले)को भातृसङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आशन्न २३ औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि एक हजार एक सय ११ सदस्यीय परिचालन कमिटी गठन गरेको छ ।

    सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालको अध्यक्षता आज काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन गरेको हो ।

    समितिमा केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यकाका तीनवटै जिल्ला कमिटी र उपत्यकाका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस कमिटीका अध्यक्ष छन् ।

    सङ्गठनले मुलुकका सबै क्याम्पस, जिल्लाका मुख्य सहर र प्रदेश राजधानीमा ब्यानरसहित प्रचारका लागि विशेष सर्कुलर जारी गरेको अनेरास्ववियुका प्रचार विभागका सचिव नवराज ढकालले जानकारी दिए ।

    प्रचार विभाग प्रमुख नरेश रोकायाका अनुसार एक हजार सात सय प्रतिनिधिको उपस्तिथिमा अनेरास्ववियुको महाधिवेशन आउँदो फागुन २ मा काठमाडौँमा हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ