• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आगोमा जलेकालाई बचाउँदा घाइते भएकी संगीताको उपचारको क्रममा मृत्यु

    1.4K
    SHARES



    पोखरा। पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

    काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

    प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे ।

    सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए ।

    क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् ।

    दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ ।

    उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म पनि खुल्न सकेको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ