• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारीमा माओवादी

    0.9K
    SHARES


    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने निर्णय गरेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरेका थिए ।

    तारे उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि प्रचण्डले नै अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरे ।

    सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादीबीच राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिने सहमति भएको छ । सहमतिअनुसार माओवादीले अर्याललाई अगाडि सारेको हो ।

    तर,जनता समाजवादी पार्टी(जसपा) राष्ट्रिय सभाको उपाध्यक्ष लिएर सरकारमा सहभागी हुन तयार भए छोडिने पनि माओवादी नेताहरुको भनाइ रहेको छ ।

    अन्यथा सत्ता साझेदार दलहरुको तर्फबाट अर्याल नै राष्ट्रिय सभाको उम्मेदवार बन्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ