• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता : के विषयमा भयो छलफल ?

    413
    SHARES


    काठमाडौँ। नेपालको दुई दिने भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी छन् ।

    उक्त अवसरमा प्रधानमन्त्री दाहाल र उपमन्त्री नुल्यान्डबीच ‘द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको’ प्रधानमन्त्री दाहालको आधिकारिक ट्वीटर ह्यान्डलमा उल्लेख छ ।

    आइतबार बेलुकी नेपाल आएकी उपमन्त्री नुल्यान्डले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेट्दै आफ्नो भेटवार्ताको सुरुआत गरेकी हुन् ।

    उक्त भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायतको उपस्थिति रहेको थियो भने अमेरिकी दूतावासको तर्फबाट अमेरिकी राजदूत डिन थम्प्सनसहितको उपस्थित भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ