• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    धनुषामा हिरासत ताेडेर ६ जना फरार

    1K
    SHARES


    धनुषा। धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् ।

    इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

    ‘हामी ड्युटीमै थियाैँ । अगाडिबाट भित्रको हिरासत देखिँदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट ताेडेर अभियुक्तहरु भागेका हुन्’, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने ।

    फरार भएकाहरुकाे तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा जम्मा ७ जना थिए । तीमध्ये गाडी दुर्घटनाकाे मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका छन् ।

    इलाका प्रहरी कार्यालयकाे भवन पुरानाे रहेको छ । हिरासतपट्टिको भाग कमजोर भएका कारण ताेडेर उनीहरू फरार भएका प्रहरीले जनाएकाे छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया