• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली

    भूकम्पको हल्लाले जुम्ला र मुगुका नागरिक रातभर सडकमा, अनावस्यक हल्ला फैलाउनेलाई कारबाही हुने

    1K
    SHARES


    जुम्ला। जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् ।

    उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका छन् ।

    प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु:ख पाएका बताए ।

    उनले यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने पनि बताएका छन् । यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उनको आग्रह छ ।

    ‘भूकम्प आउँदै छ भन्ने हल्लाका कारण जिल्ला प्रशासन कार्यालयमा समेत फोन आइरहेको छ’ उनले भने-‘रातभर फोन आएर हैरान भएको छ, यसरी अनावश्यक हल्ला चलाएर दु:ख दिनेलाई कारबाही हुन्छ, हल्ला फैलाउनेको खोजी भइरहेको छ । ’

    कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ