• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लक्ष्यभन्दा ३ गुणा बढी समयमा पनि नबनेको अस्पताल

    785
    SHARES



    बागलुङ ।​ बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको ९ वर्षपछि बल्ल निर्माणको काम डाकिएको छ ।

    विसं २०७० मा आशिष-मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।

    निर्माण कम्पनीले १० करोड छ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको थियो । अस्पतालको दुईवटा भवन समयमै निर्माण गरे पनि ‘सी’ ब्लक बनाउन ढिला हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ ।

    भवन बनाउन ठेकेदार कम्पनीले चार पटक म्याद थप्नु परेको थियो । कम्पनीका प्रतिनिधि केही समय सम्पर्कविहीन भएपछि भवन निर्माणमा समय लागेको अस्पतालले जनाएको छ ।

    निर्माण व्यवसायी र सघन सहरी तथा भवन निर्माण आयोजनाबीच बिल भुक्तानीका विषयमा समस्या भएपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगे पनि भवन हस्तान्तरण हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले बताए ।

    “भवन सम्पन्न गर्न धेरै समय लाग्दैन, रङ्ग रोगनको काम मात्रै बाँकी छ”, उनले भने । उनका अनुसार ठेकेदारले पुरानो भुक्तानी नपाएका कारण भवन हस्तान्तरणमा ढिलाइ भएको हो ।

    चालिस कोठाको भवन निर्माणका क्रममा अस्पतालको जग्गा, विद्युत् पोल तथा कोरोनाजस्ता कारण देखाउँदै निर्माण कम्पनीले निर्धारित समयभन्दा छ वर्ष ढिला काम सम्पन्न गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनीयर सुनिता श्रेष्ठले बताइन् ।

    “निर्माण व्यवसायीको पुरानो भुक्तानी बाँकी रहेकाले अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ, बजेट अभाव भएको छ । भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, श्रेष्ठले भने– “एक महिनाभित्र भवन हस्तान्तरण गर्छौँ ।”

    धौलागिरि अस्पतालका अनुसार जिल्ला अस्पतालबाट ५० शय्यामा रुपान्तरण भएपछि थप भवन निर्माण थालिएकामा निर्माण सम्पन्न नहुँदै २ सय शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि बढाएको हो ।

    गण्डकी प्रदेश सरकारले दुई सय शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

    विसं २०६४ मा निर्माण सुरु भएको ‘ए’ ब्लक समयमै सम्पन्न भएको थियो भने २०६६ सालमा निर्माण सुरु भएको ‘बी’ ब्लक भने दशवर्षमा सम्पन्न भएको थियो ।

    ‘सी’ ब्लक भवन समयमा नै निर्माण नहुदा प्रशासनीक सेवा जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ भने अस्पतालको चाह्मेना गृहमा पनि असर परेको छ ।

    कोरोना सङ्क्रमणका बेला अस्पताललाई भवन अभावका कारण समस्या परेको थियो । नवनिर्मित भवनबाट सेवा सञ्चालन हुनथालेपछि भौतिक संरचनाको अभाव अन्त्य हुने अस्पतालको अपेछा छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया