• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    किशोरको साथबाट पेस्तोल भन्दै बरामद गरेको वस्तु नक्कली भेटिएपछि…

    885
    SHARES



    काठमाडौँ। दार्चुलामा प्रहरीले पेस्तोल भन्दै बरामद गरेको वस्तु नक्कली पुष्टि भएको छ ।

    शनिबार बेलुकी प्रहरीले महाकाली नगरपालिका-९ को सकार खेल मैदानबाट १५ वर्षीय किशोरको साथबाट पेस्तोल भन्दै बरामद गरेको वस्तु नक्कली भएको खुलेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक जगतगाहा मगरले शनिबार स्थानीय खेलमैदानमा किशोरहरुबीच विवाद हुँदा ती किशोरले पेस्तोल भन्दै देखाएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

    तर उनीसँग भएको वस्तु पेस्तोल नभएर बालबालिकाले प्रयोग गर्ने खेलौना अर्थात् बजारमा सहजै पाइने एयर गन भएको खुलेको प्रहरी निरीक्षक मगरले बताए । पेस्तोल नभएको पुष्टि भएपछि किशोरलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

    ‘शनिबार स्कुले विद्यार्थीहरुको विवाद हुँदा ती किशोरले पेस्तोल देखाएको भनेर हामीलाई खबर आएको थियो ।

    हेर्दा पेस्तोल जस्तै देखिने वस्तु भएकाले तत्काल नियन्त्रणमा लिएका थियौं’, मगरले भने, ‘तर अनुसन्धान गर्दा उक्त वस्तु पेस्तोल नभएर खेलौना रहेछ ।

    त्यो ‘एयर पेस्तोल’ पनि भन्दा रहेछन् । अहिले किशोरलाई अभिभावकको जिम्मा लगाइएको छ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ