• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रविलाई गृहमै फर्काउन प्रधानमन्त्रीलाई ओलीको दवाव

    756
    SHARES


    काठमाडौँ। सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन् ।

    अध्यक्ष ओली रवि लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउने मनस्थितीमा रहेको स्रोतको भनाइ छ । नेकपा एमालेकै महासचिव शंकर पोखरेलले आइतबार आफ्नो एउटा भाषणमा त्यसको संकेत दिइसकेका छन् ।

    महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालिएको बताए । उनको यो भनाइबाट यही निष्कर्षमा नेकपा एमाले पुगेको बुझ्न सकिन्छ ।

    यही निष्कर्षलाई आत्मसात गर्दै सत्तालाई थप मजवुद बनाउन एमाले अध्यक्ष ओलीनै रवि लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउने तयारीमा लागिरहेको र उनले प्रधानमन्त्री दाहाललाई दबाव दिइरहेको स्रोतको भनाइ छ ।

    यही सिलसिलामा बालुवाटारमा अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच छलफल हुँदै छ । संवैधानिक व्यवस्था अनुसार उनी सांसदमा निर्वाचित नभएपनि ६ महिनासम्म सरकारमा बस्न सक्छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया