काठमाडौँ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट ठूलो परिणाममा विदेशी ब्रान्डकाे नक्कली रक्सीसहित ३ जनालाई पक्राउ गरेको छ ।
विभिन्न ब्रान्डका नक्कली रक्सीको कारोबार बढेको सूचनाका आधारमा अनुसन्धान गर्दा महालक्ष्मी नगरपालिकाको टीकाथली क्षेत्रबाट नक्कली रक्सीसहित तीन जनालाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) डा. मनोज केसीले जनाएका छन् ।
पक्राउ पर्नेहरूमा दोलखा स्थायी घर भएका निरोज उप्रेती, स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगर रहेका छन् ।
प्रतिक्रिया