News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

अध्यक्ष चतुरबहादुर चन्दसहित क्यानका ५ जना पदाधिकारीको राजिनामा माग

581
SHARES


काठमाडौं। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जना पदाधिकारीको राजिनामा माग गरिएको छ ।

क्यानका ७ जना केन्द्रिय सदस्यले कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजिनामा मागेका हुन् ।

राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम,दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन् ।

उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेको बताए ।

आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ ।अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी-२० लिग आयोजनामा गल्ती भएको स्वीकारि सकेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया