काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफुसंगै राख्ने दाबी गरेको छ ।
सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।
लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको हो ।
रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो ।
त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’ गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन ।
‘गृहमा हाम्रो दाबी रहन्छ । तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्,’ ढकालले भने, ‘यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुन्छ ।’
प्रतिक्रिया