भोजपुर । भोजपुरका ज्ञानबहादुर श्रेष्ठ हत्या गरेको आरोपमा पक्राउ परेका छन् । श्रेष्ठले ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठको हत्या गरेको आराेपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।
ज्ञानबहादुरले मादक पदार्थ सेवन गरेर सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सूचनाका जिल्ला प्रहरी कार्यालय भोजपुर इलाका प्रहरी कार्यालय तिवारीभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाको बिशयमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया