• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राष्ट्रपतिको आदेश पेरुको कङ्ग्रेसद्वारा अस्वीकार

    0.9K
    SHARES



    काठमाडौँ। पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ ।

    यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो । राष्ट्रपतिले निर्वाचनका लागि गरेको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ ।

    गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा गर्न सहमति जनाएको थियो । संसद् विघटन गरी पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ जनाको मृत्यु भइसकेको छ ।

    विरोध प्रदर्शनका कारण सडक अवरुद्ध भएका छन्भने खाद्यान्न, इन्धनलगायत अन्य आधारभूत वस्तुको अभाव भएको छ । सडक अवरोध हटाउन सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने बताएको छ ।

    पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडक अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ