रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका स्थित दुधिअवा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँभन्दा बढिपर्ने वाटर फिल्टर एक गैरसरकारी संस्थाले निःशुल्क जडान गरिदिएको छ ।
क्याम्पस प्रमुख रन्जन खरेलको पहलमा इपीसी नेपाल नामक संस्थाले विद्यालय परिसरमा निःशुल्क वाटर फिल्टर जडान गरेको हो ।
वाटर फिल्टर प्लान्ट जडानबाट विद्यालयका शिक्षक र विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको क्याम्पस प्रमुख खरेलले बताए ।
खरेलले विद्यालयमा आर्सेनिक र आइरनयुक्त पानी विस्थापित भई शुद्ध पिउने पानीको व्यवस्थापन भएको बताए ।
इपीसी नेपालका निर्देशक फिरोज चौधरीको सक्रियतामा प्राप्त फिल्टरमा १ हजार लिटर पानी अटाउने ट्याङ्कीमा जोडिएको छ ।
धाराबाट पानी खोलेपछी ५० मिनेटमा ट्याङ्की फुल हुने र अटोमेटिक फिल्टर हुँदै जाने भएकाले दैनिक हजारौं लिटर पानी फिल्टर हुनेछ ।
प्रतिक्रिया