• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘बिजनेस’ अभावले भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

    426
    SHARES


    काठमाडौँ। नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काडमाडौंबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो ।

    गत जेठ २ गते विमानस्थल उद्घाटन समारोहमै नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले केही महिनाभित्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भैरहवा आउने बताएका थिए ।

    श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका एयर कम्पनीले भैरहवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो ।

    विमानस्थलका प्रवक्ता सुभाष झाले सेप्टेम्बरदेखि भैरहवा-आबुधाबीका लागि बिज एयरवेजले सातामा तीनवटा उडान गर्नेगरी प्रक्रिया थालिसकेको त्यतिबेलै बताएका थिए । तर अहिले ‘बिजनेस’ अभावको कारण देखाउँदै बिज एयरवेज पछाडि हटिसकेको छ ।

    भैरहवाबाट उडान गर्न आतुर रहेका भनिएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एकाएक किन पछाडि हटिरहेका छन् त रु यसको जबाफ न प्राधिकरणसँग छ, न सरकारसँग ।

    बरु यसअघि सातामा तीन दिन अन्तर्राष्ट्रिय उडान गर्दै आएको जजिरा एयरवेजसमेत भैरहवाबाट काठमाडौं नै फर्किएको छ । चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्स पनि फर्केर काठमाडौं गएको छ ।

    यस्तै वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलाई नेपाल फोरम अफ साइन्स जर्नालिस्ट (एनएफएसजे)द्वारा सम्मानित भएका छन् । एनएफएसजेको नवौं वार्षिकोत्सवका अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धानमा निरन्तर सक्रिय भएर विज्ञानप्रविधिसँग सम्बन्धित सञ्चारसामग्री सरल भाषामा तयार गरी आमजनतालाई सुसूचित गरेको भन्दै एनएफएसजेले सम्मान गरेको हो ।

    श्रेष्ठले २०२० सालदेखि निरन्तर रुपमा विज्ञान लेखन गर्दै आएका छन् । उनले वैज्ञानिक अध्ययन, अनुसन्धानलाई सरल र स्पष्ट भाषामार्फत आमजनलाई सुसूचित गराउने काम गरेको र धेरैलाई विज्ञान लेखनमा आकर्षिक गरेको एनएफएसजेका सचिव गोविन्द पोखरेलले बताए ।

    कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधिमन्त्री इन्जिनियर गणेश साहले वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र पत्रकारबीचको सहकार्यमा जोड दिँदै विधागत पत्रकारिताले प्राथमिकता पाउन थालेकामा खुशी व्यक्त गरे । नास्टका प्रवक्ता एवं प्रविधि संकायका प्रमुख रवीन्द्र ढकालले विज्ञानका समाचारहरु नेपाली मिडियामा पछिल्लो समय निरन्तर रुपमा आउन थालेको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ