• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

    535
    SHARES


    काठमाडौँ। आज मौसम आंशिक बदली रहने छ भने भोलि र पर्सि देशको पश्चिमी भू-भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    अहिले बिहान तराईका भू-भागमा हुस्सु-कुहिरो लागेको छ भन बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिनछ ।

    आज दिउँसो प्रदेश नं १ मा आंशिक बदली रहने छ भने राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

    भोलि (आइतबार) दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी (सोमबार) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ