• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रविका हरेक निर्णय विवादमा

    690
    SHARES



    काठमाडौँ । पारिवारिक भिसामा अमेरिकाबाट नेपाल आएका रवि लामिछानेले ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्ने विषयमा विश्व कीर्तिमानी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका थिए ।

    उनले २०७२ सालदेखि नेपाली सञ्चारमाध्यममा वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिलाई न्याय दिलाउने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

    लामिछानेले २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उनको लोकप्रियता चुलिँदै आएको थियो । उनले बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने विषयमा टेलिभिजनबाट सबैभन्दा लामो समय कार्यक्रम सञ्चालन गरेर विश्व कीर्तिमान कमाएका थिए ।

    थिति र विधि बसाउनुपर्ने, अन्यायमा परेकालाई न्याय दिलाउनुपर्नेजस्ता टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका लामिछाने राजनीतिमा छिरेको छोटो समयमै उपप्रधान एवं गृहमन्त्री पनि भए । टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका उनले ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेका थिए र सोही पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका उनी चितवन २ बाट सांसदमा निर्वाचित भए ।

    गृह मन्त्रालय सम्हालेपछि उनले गरेका हरेक निर्णय विवादमा परे । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछाने अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेपछि विवादमा फसेका हुन् । यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला गृहमन्त्री भएपछि उनको आलोचना पनि भयो ।

    लामिछानेले गृह मन्त्रालय सम्हालेपछि आफ्नो नागरिकता मुद्दा पर धकेल्न अनुसन्धान प्रभावित पार्नसक्ने आशंका गरिएको थियो अदालतले भने उनको विपक्षमा फैसला गरिदिएको छ । छोटो समयमा राजनीतिमा उदाएका लामिछानेलाई अदालतको फैसलाले ‘ब्रेक’ लगाएको छ । नागरिक दैनिकबाट

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया