News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

इंग्ल्यान्डमाथि दक्षिण अफ्रीकाको जित

534
SHARES


काठमाडौं । घरेलु टोली दक्षिण अफ्रीकाले पहिलो एकदिवसीमा इंग्ल्यान्डलाई हराएको छ । शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले इंग्ल्यान्डलाई २७ रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर २ बलमा अलआउट हुँदै २ सय ७१ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका जासन रोयले १ सय १३ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । डाविड मालनले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान जोस बट्लरले ३६ रन बनाए ।

दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ४ विकेट लिए । सिसन्दा मालागाले ३ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन जोडेको थियो ।

दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले १ सय ११ रनको शतकीय इनिङ खेले । डेभिड मिलरले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा क्विनटन डी ककले ३७ रन जोडे ।

कप्तान टेम्बा बाभुमाले ३६ रन जोड्दा हेन्रिच क्लासेनले ३० रन जोडे । इंग्ल्यान्डका साम करणले ३ विकेट लिए । यस जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।

यस्तै आर्सनललाई १-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

हिंजो राति भएको प्रिमियर लिगको पहिलो र दोस्रो स्थानमा रहेको टोलीबीचको खेलमा दोस्रो स्थानको सिटीले जित हातपर्यो । त्यसका लागि सिटीका नाथन एकेले निर्णायक गोल गरे ।

एकेले ६४ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका हुन् । यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनल भने सिटीसँग हारपछि चौथो चरणबाटै बाहिरियो ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया