• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने

    603
    SHARES


    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने भएका छन् । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका छन् ।

    स्वतः पदमुक्त भए पनि उनले शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । ‘अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो हुन्छ भन्ने सुझाव आएको छ ।’

    लामिछाने पदमुक्त भएपछि दाहाल र एमाले अध्यक्ष ओलीबीच आज छलफल हुँदै छ। त्यसपछि सत्ता गठबन्धनको बैठकमा यसबारे निर्णय गर्ने तयारी पनि छ । गठबन्धन दलबीच भागबन्डा मिलाउदा लामिछाने गृहमन्त्री नियुक्त भएका थिए ।

    एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्चको निर्णयअनुसार सरकार अघि बढ्नुपर्ने विषयमा प्रधानमन्त्री दाहालसँग कुराकानी भएको बताए । ‘प्रधानमन्त्रीजीसँगको भेटमा सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै अघि बढ्नुपर्छ भन्ने कुरा भयो,’ उनले भने, ‘गृहमन्त्रीजीले राजीनामा दिएर राम्रो गर्नुभयो ।’ लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएर गैरसांसदका रूपमा मन्त्री हुने स्थिति आफूलेनदेखेको उनले बताए ।

    ‘उहाँ (लामिछाने) दोहोर्‍याएर आउनेतिर कसैको ध्यान छैन,’ उनले भने, ‘त्यो स्थिति पनि देख्दिनँ ।’ उपप्रधान तथा गृहमन्त्री भएको ३२ दिनमा लामिछाने पदमुक्त भएका हुन् । उनले पुस ११ मा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ