काठमाडौं । आज देशका थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ ।
बाँकी भू-भागमा भने मौसम सफा रहनेछ । आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ ।
प्रतिक्रिया