• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्ने रविका समर्थकहरू पक्राउ

    1.5K
    SHARES



    काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् ।

    प्रहरीले रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नारावाजी गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

    अदालतको फैसला लगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका हुन् ।

    शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरेपनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ ।

    अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरि दिएपछि उनका समर्थकहरु आक्रोशित भएका हुन् ।

    उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको हो । अदालतले लामिछानेले सांसद पद खारेज गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया