• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रवि लामिछानेको सांसद पद खारेज, नेपाली नागरिक नभएको सर्वोच्चको ठहर(पूर्ण पाठ)

    1.3K
    SHARES



    काठमाडौं। उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज भएको छ ।

    सर्वोच्च अदालतले उनकोे सांसद पद खारेज गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेदवार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री पनि भए ।

    संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत बन्न अयोग्य बनेका छन् ।

    अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।

    नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै रिट निवेदनमा उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग गरिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ