News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

केपी ओली कप फुटबल प्रतियोगिताको विजेताले १० लाख पाउने

465
SHARES


काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै छ ।

काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उनका अनुसार विजेता टिमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार, प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार नगद पुरस्कार पाउनेछन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया