• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्रीकाे नागरिकता विवादः सर्वोच्चमा थप सुरक्षाकर्मी तैनाथ

    397
    SHARES


    काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको फैसालाको तयारीमा न्यायाधिशहरु जुटेका छन् ।

    सुनुवाइ सकिएपछि न्यायाधिशहरु आदेशको तयारीमा जुट्दा सर्वोच्च अदालतमा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

    रिट निवेदकको तर्फबाट बहस गरेका एक कानुन व्यवसायीलाई अनलाइन डबलीले रवि लामिछानेको नागरिकता खारेज हुन्छ ?

    भनेर सोधेका थियौं । रविको दाबी गैरकानूनी भएकोले खारेज हुने बताए । त्यस्तै रविले लिएको राहदानी पनि गैरकानूनी भएको दाबी गर्दै कारवाही हुने समेत बताए ।

    न्यायाधीशहरु आदेश लेख्न जुटिसकेको बताइएको छ । आजै संक्षिप्त आदेश आउन सक्ने बताएको छ । सर्वोच्चले आजै आदेश गर्ने भएकोले नै अदालत परिसरमा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

    कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ