• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भिडियोलाई लिएर प्रेम आर्चायले उठाउन खोजेको मुद्दालाई ओझेलमा नपारौं: डा. कार्की

    1.2K
    SHARES



    काठमाडौँ। मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडियो खिचेको र मेडिकल पन्जा र अनुमतिबिना छिरेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जाल मरोहत स्पष्टीकरण दिएकी छिन् ।

    उनले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत आफूले भिडिओ नखिचेको स्पष्टीकरण दिएकी हुन् । आत्मदाह प्रयास गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो-छोएन र कसले भिडियो खिच्यो र खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयंमले उठाउन खोजेको तमाम प्रश्नहरुको जवाफ खोज्ने बहसलाई ओझेलमा पार्न नहुने उनको भनाइ छ ।

    उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्‍याउन आउनुभयो । ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो ।

    अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँभित्रको कसलाई छिर्न दिइयो, को को छिर्‍यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं, यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’

    उनले आइसीयू प्रोटोकल पालना नगरेको सन्दर्भमा आफूले आइसीयू प्रोटोकल पालना गरेको बताइन् । उनले भनेकी छन्, ‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई, तर म आफू पनि शल्यचिकित्सकको नाताले आइसीयू भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन।’

    उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्युमाथि राजनीति नगर्न उनको आग्रह छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया