News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

रोनाल्डो आवद्द नसर सुपर कपको सेमिफाइनलबाट बाहिरियो

687
SHARES


काठमाडौँ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्द अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ ।

बिहीबार राति अल इतिहादसँग ३-१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो सम्मिलित नसर पहिलो हाफमा नै २-० गोल अन्तरले पछि परेको थियो ।

खेलको १५ औं मिनेटमा इतिहादका लागि रोमारिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५३ औं मिनेटमा अब्देराजाक हाम्दाल्लाहले गोल गर्दै इतिहादको अग्रता दोब्बर पारे ।

खेलको ४७ औं मिनेटमा नसरका लागि टालिस्काले गोल गर्दै टिमलाई २-१ गोलमा ल्याए । खेलको इन्जुरी समयमा महन्नद अल शानक्विटीले इतिहादका लागि गोल गर्दै टिमलाई ३­-० गोल अन्तरले जित दिलाएका हुन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया