• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चार महिलालाई भिजिट भिसामा कुवेत पुर्‍याएर ९ सय दिनारमा बेचेपछि…

    1.4K
    SHARES


    काठमाडाैं । फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भन्दै दुबई हुँदै कुवेतमा पुर्‍याएर एक व्यक्तिले चार महिलालाई बेचबिखन गरेका छन् ।

    मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-१४ बस्ने प्रकाश शाही ठकुरी भन्ने ४१ वर्षीय प्रकाश धिमाललाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

    पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धिमाललाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो ।

    म्यानपावर एजेन्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भनि राहदानी लगायतका आवश्यक कागजपत्र बनाई ३/४ जना महिलालाई २०७९ वैशाख १२ गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगि ९ सय कुवेती दिनारमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको व्यूराेका प्रवक्ता दानबहादुर मल्ले बताए ।

    साथै पीडितलाई दैनिक १० घण्टासम्म काममा लगाई श्रम शोषण गरेकोमा उपचार गर्नका लागि स्थानीय अस्पताल गएको समयमा पीडित उक्त अस्पतालबाट भागी कुवेतस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएपश्चात उनलाई २०७९ असोज १४ गते उद्दार गरी नेपाल फिर्ता ल्याइएको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान अघि बढाएको छ ।

    यस्तै, भ्रष्टाचार अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ ।

    न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो ।

    भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापाले १ करोड ८७ लाख ४७ हजार भन्दा बढी गैर कानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो ।

    अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरूलाई पनि विपक्षी बनाइएको थियो । तर, उनीहरू सबैले सफाइ पाए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ