• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मधेश राजनीति

    अचानक मन्त्रालय फेरिएपछि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने जनमत पार्टीको चेतावनी

    1.1K
    SHARES


    जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने बताएका छन् ।

    प्रदेश सरकारमा जनमत पार्टीको मन्त्रालय परिवर्तन भएपछि उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्नसकिने बताएका हुन् ।

    बिहीबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख कार्यालयले जनमत पार्टीको मन्त्रालय हेरफेर गरेको थियो । यसअघि १० गते सामाजिक विकास मन्त्रालय दिएकोमा बिहीबार त्यसलाई परिवर्तन गरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएको थियो ।

    यादवले भने, ‘भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय पनि मागेको थिए । तर, सुरुमा सामाजिक विकास मन्त्रालयमा सहमति भएको थियो ।

    यसरी अचानक मन्त्रालय फेरिएपछि अचम्मित भएका छौं ।’ उनले शुक्रबार बिहान दलको बैठक बसेर सरकारलाई दिएको समर्थन यथावत् राख्ने वा फिर्ता लिने भन्नेबारेमा छलफल गर्ने बताए ।

    उनका अनुसार जनमत मधेस प्रदेशको संसदीय दलको बैठक शुक्रबार बिहान ८ बजे बस्ने छ । बैठकमा पार्टी अध्यक्ष डा.सिके राउत पनि सहभागी हुने छन् ।

    मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुबीच सहमति भएको थियो ।

     

    जनमत पार्टीको मन्त्रालय एका-एक परिवर्तन भएपछि

     

    मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ