काठमाडौं। माओवादी केन्द्रको स्थायी समितिको बैठक सकिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेगरी सकिएको हो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछिका घटनाको ब्रिफिङ गरेका पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिएयो ।
आजको बैठकमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको एकता प्रक्रियाको बारेमा छलफल भएको र छिट्टै टुंग्याउने निर्णय भएको पौडेलले बताए । पौडेलले भने ‘धेरै कुरा अगाडि बढाइसकेका छौँ, खालि नाम र शैलीको बारेमा प्रसंग चलेको छ। छिट्टै टुंगिन्छ।’
उनले राष्ट्रपतिमा माओवादी केन्द्रले भनेको राष्ट्रिय सहमति एमाले सहितको भएको बताए । एमाले वा कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन नसक्ने भन्दै उनले सकेसम्म सहमतिको व्यक्तित्वलाई अगाडि सार्न सके राम्रो हुने धारणा पनि राखे ।
प्रतिक्रिया