• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आफ्नै कोठामा सुतिरहेका मधु क्षेत्री मृत फेला

    0.9K
    SHARES



    काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

    काठमाण्डौ टोखा नगरपालिका-२ निवासी वर्ष ३५ का मधु क्षेत्री बिहीवार आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

    मृतक क्षेत्री रेसुंगा नगरपालिका २ अंतर्गत् छापटोलामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । क्षेत्रीलाई साथीहरुले पटक पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि कोठामा गएर हेरेका थिए ।

    पछि प्रहरीले कोठामा गएर हेर्दा भित्रबाट चुकुल लगाएर सुतिरहेको अवस्थामा निजको शव फेला परेको प्रहरी नायव उपरिक्षक खरेलले बटए ।

    स्थानीय जनप्रतिनिधि र आफन्तको रोहवरमा प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ। मृतक क्षेत्री रोजगारीको सिलसिलामा ३ वर्षदेखि तम्घासमा बस्दै आएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ