• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    २५ जना सवार ट्याक्टर दुर्घटना, १ काे मृत्यु, चलाक फरार

    851
    SHARES



    महोत्तरी । महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गरेर फर्किएका एक जनाको ज्यान गएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

    ट्याक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर ५ का हुनसक्ने प्रहरीले बताएको छ । घाइते मध्ये गम्भीर घाइते दुई जनाको सनाखत हुन सकेको छैन ।

    बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन् । घाइते भएका मध्ये एक महिलालाई उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको नायव उपरीक्षक रावलले बताए ।

    पहिचान खुल्न नसकेको दुई जना महिलाको बर्दिबासमा उपचार हुन नसकेपछि जनकपुस्थित चन्द्रकला अस्पताल पुर्‍याइएको छ ।

    त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल सामान्य उपचार पश्चात जनकपुर रामजानकी अस्पतालमा रिफर गरिएको छ । उनकाे पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले वताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ