• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    देवेन्द्र पौडेल भन्छन् : माओवादी र नेसपाबीच छिट्टै एकता हुन्छ

    1K
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग एकता छिट्टै हुने बताए । स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले पार्टीको नाम र चुनाव चिन्ह फाइनल भएलगतै एकता हुने बताएका हुन् ।

    ‘नेसपासँगको एकता छिट्टै टुंगो लाग्छ । आजको बैठकमा एकता गर्ने विषयमा प्रस्ताव गरिएको छ । अब धेरै लामो समयसम्म लमब्याउनु हुँदैन भन्ने छ ’ पौडेलले भने, ‘हामीले धेरै कुरा अघि बढाई सकेका छौं । पार्टीको नाम र चुनाव चिन्ह टुंगो लगाउन बाँकी छ छिट्टै एकता हुन्छ ।’

    तर एकीकृत समाजवादीसँगको एकता अगाडि बढिनसकेको पौडेलले बताए । तर, विचार मिल्नेहरु एक ठाउँमा आउने विषयमा भने एक मत देखिएको पौडेलले बताए । ‘अब धेरै पार्टी बनाएर काम छैन । पार्टीहरु धेरै भए मन लागे खोल्ने भयो ।

    पार्टीको उद्देश्य छैन बार्गेनिङ गर्न छुट्टै पार्टी बनाउनुको औचित्य छैन । छुट्टै पार्टी बनाउनु हाम्रोपनि अरु पार्टीका निम्ति पनि औचित्य छैन’ उनले भने, ‘आधारभुत विचार मिल्नेहरु एकतामा जानुपर्छ ।

    अहिले बैंक मर्ज हुँदै गए । र सहकारी मर्ज हुँदै जान दबाब दिएको छ । पार्टी ध्रुवीकरण किन नहुने हो ? विचार मिल्नेहरु एकता गरेर जानुको विकल्प नरहेको पौडेलले बताए ।

    यस्तै, शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन् ।

    सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । ‘निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन’, मन्त्री पाण्डेले भने, ‘समस्या परेको खण्डमा सिधैँ हामीलाई भन्नुहोला ।’

    उनले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाको बारेमा पनि स्थलगत रुपमा जानकारी लिएका थिए । सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिएका थिए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ