• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    जापानमा पानीजहाज दुर्घटना, ८ जनाको मृत्यु

    1.1K
    SHARES



    । जापानको तटमा पानीजहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ६ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताएका छन् ।

    जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो ।

    जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाज र विमानहरू साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र चालकदलका सदस्यहरुसहित १३ जनालाई पानीबाट बाहिर निकालिएको थियो ।

    फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये ६ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताउनु बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ