News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

अध्यक्ष चन्द भन्छन् : सेभेन थ्री स्पोर्ट्सले बीचमा आएर धोका दियो

483
SHARES


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको बताए ।

कम्पनीले सम्झौता अनुसार काम नगरेर धोका दिएको उनले बताएका हुन् । सेभेन थ्री स्पोर्ट्स र लिगको सम्झौता गरेको २ वर्ष भएको छ ।

२०२० जनावरीमा एमओयु भएको थियो । असोक नाथ प्याकुरेल र अध्यक्ष चन्दले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले कतार विश्वकपको टिकट हिनामिनाबारे संचारमाध्यममा आएको समाचारबारे सत्यतथ्य जानकारी दिन माग गर्दै अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् ।

काम विशेषले आफु देश बाहिर रहेको जानकारी गराउँदै सदस्य अधिकारीले समाचारबारे जानकारी पाउँ भन्दै इमेलमार्फत अध्यक्ष नेम्बाङलाई पत्र लेखेका हुन् । अधिकारीले मागको सुनुवाई नभएमा आफुले फिफा र एएफसीमा यस विषयको उठान गर्ने जनाएका छन् ।

‘विश्व कप फुटबल २०२२ का विषयमा विभिन्न सञ्चार माध्यममा आईरहेका समाचारको बारे मेरो पनि ध्यान केन्द्रित भएकोले उक्त बिषयमा म पनि जिम्मेवार पदमा बहाल रहेको नाताले निम्न लिखित विषयहरू अबिलम्ब (आजै कार्यालय समय भित्र ) उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु,’ उनले पत्रमा लेखेका छन्, ‘यस विषयलाई गहन रूपमा लिईदिन हुन अनुरोध गर्दै अन्यथा यो विषयलाई फिफा र एएफसीमा समेत उठान गर्न बाध्य हुनेछु।’

गत हप्ता द काठमाडौं पोस्टमा एन्फाले कतार विश्वकप २०२२ को टिकट वितरणमा अनियमितता गरेको भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया