• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा

    792
    SHARES



    काठमाडौँ। फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ ।

    यो घोषणासँगै ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउनुहुने भएको छ । मेटाका अनुसार दुई वर्ष अगाडि गरिएको निलम्बन आउँदो हप्ता समाप्त हुनेछ ।

    मेटाका उच्च अधिकारी निक क्लेगले नागरिकले उनीहरुका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने जान्न पाउनुपर्ने बताउनुभएको छ ।

    सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।

    ट्रम्पको सामाजिक सञ्जाल खाताको समीक्षा गर्दा त्यसले अब सार्वजनिक सुरक्षामा गम्भीर जोखिम नपर्ने देखिएको क्लेगलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर ट्रम्पले विगतमा गरेका गल्ती पुनः गरेमा थप कारबाही हुनसक्ने जनाएको छ ।

    नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले पनि ट्रम्पलाई सन् २०२१ को जनवरी ६ तारिखमा भएको घटनापछि प्रतिबन्ध लगाएको थियो ।

    तर गएकाे नोभेम्बरमा ट्विटरमा लगानीकर्ता इलोन मस्कले ट्रम्पको खातामा लगाइएको रोक हटाइएको बताउनुभएको थियो । तर ट्रम्प अहिलेसम्म ट्विटरमा फर्किनुभएको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ